काठमाडाैं । लुम्बिनी प्रदेशले प्रदेश ऐन मार्फत वन व्यवस्थापन कार्यविधि बनाएर वन सम्वर्द्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ । वन सम्वर्द्धन प्रणाली मार्फत उक्त बाटो खोलेको छ ।
वनमा भएका परिपक्क रूखहरू काट्ने र साना विरुवा हुर्काउने प्रणाली वन सम्वर्द्धन प्रणाली हो । जसमा ८० वर्ष सरंक्षण चक्र बनाएर रुख काटछाट गरी सरंक्षण गरिन्छ । वन दिगो व्यवस्थापन, काठको उच्चतम प्रयोग र नियमित अम्दानीका लागी भन्दै नवलपरासीमा वन सम्वर्द्धन प्रणाली सुरु भएको छ ।
वन सम्वर्द्धन प्रणालीमा आधारित कटान शुभारम्भ भएसँगै उपभोक्ताहरुले आफ्नो प्रयोजनका लागि पनि काठ प्रयोग गर्न पाउने भएका छन् । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङ उपभोक्ताले प्रयोग गरेर बचेका काठ बिक्री भएर सामाजि विकासका काम हुने र रोजगारी सिर्जना हुने बताउनुभयो । त्यस्तै राजस्व संकलनमा पनि योगदान पुग्ने उहाँको भनाई छ ।
सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन वैज्ञानिक वन ब्यवस्थापन हो । तत्काल फाइदा पाइने र भविष्यको लागी वन जोगाउने समेत भएपछि उपभोक्ता यसप्रति आकर्षित भएको देखिन्छ । मुलपानी सामुदायिक वन उपभोक्ता समूह नवलपरासीका अध्यक्ष यज्ञप्रसाद पाण्डे पुरानो र धोद्रो रुखहरु मात्रै काटिने बताउनुहुन्छ । उहाँले आफुहरुले नियमावलीले निर्देश गरे अनुसार काम अगाडी बढाएको
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०