नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएपछि शेरबहादुर देउवा २०७८ साल मङ्सिर २५ गते साँझ रामचन्द्र पौडेलको निवास पुगे।
देउवा इतर आफ्नै खेमाले सभापतिमा सर्वसम्मत उम्मेदवार नबनाएपछि आफू महाधिवेशनबाट अलग भएको पौडेलले घोषणा गरेका थिए।
पौडेलले बीबीसीलाई बताए अनुसार शनिवारको त्यो साँझ देउवाले उनलाई भनेका थिए, “राष्ट्रलाई तपाईँको खाँचो छ, स्वास्थ्य राम्रो राख्नु होला।”
पार्टी महाधिवेशनमा मत समेत नहालेका उनी आम चुनावबाट सांसद बने। त्यसपछि प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखाए।
उनले बीबीसीसँग भनेका थिए, “मलाई देउवाजीले त्यो बेला भन्नुभएको समय आएको छ जस्तो लाग्छ। उहाँले मलाई समर्थन गर्ने विश्वास छ।”
नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बने पनि पौडेल त के देउवा नै प्रधानमन्त्री बनेनन्। पहिलो चरणमा प्रधानमन्त्री ‘देउवा कि प्रचण्ड बन्ने’ विवादले गठबन्धन टुक्रियो।
प्रचण्ड प्रधानमन्त्री बन्दा आफू राष्ट्रपति बन्ने निश्चित देखेका पौडेल हातबाट सबै गुमेको भन्दै पीडा बोध प्रकट गर्थे। तर त्यो लामो रहेन।
उमेरले देउवाभन्दा जेठा पौडेललाई देउवाको राजनीतिक चातुर्यका कारण करिब करिब गुमिसकेको राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ।
प्रचण्डसँगको सहमतिमा त्यसो गरिएको र कतिपयले त त्यसमा छिमेकी अग्रसरता र मध्यस्थताको चर्चा पनि गर्छन्।
“प्रधानमन्त्री बन्दा म जति उत्साही हुन्थेँ, राष्ट्रपति हुँदा त्यही तहमा छैन”, कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा पौडेल भन्छन्, “उमेर र सबै हिसाबले अन्तिम अवस्थामा राष्ट्रपतिमा पुग्नु सन्तोषकै विषय हो।”
‘अन्तिम अवस्था’ भन्ने शब्दले उनको त्यसलाई अन्तिम अवसर ठानेको बुझिन्छ।
कतिपयले लामो राजनीतिक यात्रामा तुलनात्मक रूपले ‘असल नेताको हातमा राष्ट्राध्यक्षको जिम्मेवारी पुगेको’ र ‘इमानमा अडेका’ पौडेलमाथि ‘न्याय’ भएको टिप्पणी गरेको पाइन्छ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेल शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालप्रति बढी आभारी बन्नुलाई कैयौँले स्वाभाविक मानेका छन्।
किनकि ती तीन नेतामध्ये एक जनाले पनि साथ नदिएको भए उनी राष्ट्रपति बन्न त्यति सहज हुने देखिँदैनथ्यो।
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०