यूकेमा गरिएको एउटा अध्यययनले स्वस्थ र तन्दुरुस्त रहनका लागि धेरै परिश्रम हुने खेलकुद गर्न वा दिनहुँ दौडिने धावक बन्न आवश्यक नरहेको बरु दैनिक अनुकूल समयमा छिटोछिटो लम्केर हिँड्ने गरे मात्रै पनि व्यायामको लाभ प्राप्त हुने देखाएको छ।
उक्त विश्लेषणात्मक अध्ययनका अनुसार छ दिनमा कम्तीमा ११ मिनेट तीव्र गतिमा हिँड्ने गरेमा असमयमा हुने १० वटा मृत्युमध्ये एउटालाई टार्न सकिन्छ।
सातामा कम्तीमा १५० मिनेट व्यायाम गर्नुपर्छ भन्ने विज्ञहरूको सुझावअनुसार धेरैजसो मानिसले यस्तो कार्य गर्न सकेको देखिँदैन।
तर फिटिक्कै कसरत नगर्नुभन्दा थोरै मात्र भएपनि व्यायाम गर्नु राम्रो हुने केम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सुझाएका छन्।
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०