कैलालीको धनगढी उपमहानगरपालिका–८ गुरही चोकमा मनाइने गुहरी पर्वको तयारी पूरा भएको छ। बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले शुक्रवार मनाइने गुरहीको तयारी पूरा भएको जनाएको हो।
धनगढीको गुरही चोकमा विगत १५ वर्षदेखि सामूहिक रूपमा मनाउँदै आइएको छ। यसवर्ष गुरही पर्व फरक तरिकाले मनाइन लागेको बाचचित घर धनगढीका बरघरिया ठाकुरप्रसाद करिया प्रधानले जानकारी दिए।
थारु समुदायका मानिसलाई धेरै सिकलसेल एनिमिया रोग देखा पर्ने गरेको र रगतकोसमेत कमी हुने भएकाले यो वर्ष गुरही पर्वको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
पर्वको अवसरमा गुरही चोकमा गुरही अस्रैना र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। गुरही पर्व मनाउनको लागि सखी सञ्जाल कैलाली, थारु कल्याण करिणी सभा धनगढी नगरपालिका समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिला सभा कैलाली, थारु महिला सञ्जाल, थारु विद्यार्थी समाज, थारु लेखक संघ, हिरगर साहित्य बगाल, बाचचित घर धनगढी, हमार फाउन्डेसन धनगढी र थारु नागरिक समाजलगायत संघसंस्थाले संयोजन गरेको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताए।
गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ।
Copy@naya sandes
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०