गुरही पर्व को अन्योलता बारे लेखक, पत्रकार तथा कलाकार छबिलाल कोपिला को भनाई
गुरही चाडको बारेमा गैरथारू मात्रै होइन आफूलाइ बौद्धिक भनिएका थारूहरूले पनि प्रयोग गरिरहेको केही शब्द र उत्पन्न भएका अन्योलताहरू :
#गुरै-
थारू समुदायमा पूजा अर्थात् उपचारका लागि गरिने तातन्त्रिक पद्धति ।
#गुरही-
१. गुरही एक प्रकारको किरा (गाइने किरा, धोबी किरा ड्राइगन फ्लाइ)
२. थारू लोककथाका एक प्रमुख पात्र गुरही
३. गुरहीको प्रतीकको रूपमा बनाइने कपडाको पुतली (गुरहा गुरही)
४. गुरही चाड (माथिको तीन वटै गुरहीसँग सम्बन्धित) बाल पर्व ।
#गुरिया
काँचबाट बनेको माला (पोते) । यो बाहेक गुरियाको अर्काे अर्थ छैन । गुरियाको गुरहीसँग कुनै, कही सम्बन्ध राख्दैन । सुनेकैभरमा, कसैले भनेकै भरमा प्रयोग गरिएको शब्द ।
#गुडिया
विशेष अवधी (मधेश) समुदायको चाड हो । जुन थारू समुदायको गुरहीसँग तात्विक भिन्नता छ । सामाजिक क्रियाकलाप, लोककथा र विधि प्रकृया केही मिल्दैन ।
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०