hirgar bagal
२०८१, ६ भाद्र बिहीबार मा प्रकाशित
काम गर्नुपर्छ रातदिन, दासी भएपछि
पुग्दैन खाना लाउन, सुकुम्बासी भएपछि
भगवानले पनि त बिर्सन्छ कहिले कही
मिहिनेत कमैयाको अविनाशी भएपछि
नसोधे हुन्छ अर्काको, जिन्दगीमा उसको
बिग्रिन्छ कामहरू धनको प्यासी भएपछि
थकान दिनको, राती भुसुक्कै निदाउँछ
बौलाउँँछ एकदिन, धनराशि भएपछि
लाहु राम चौधरी
भजनी