धनगढी, साउन ५ गते
थारु भाषा, साहित्य र संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि क्रियाशील संस्था हिरगर साहित्यिक बगालले आगामी २०८२ साल साउन ९ गते, शुक्रबारका दिन एक विशेष थारु साहित्यिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम धनगढीस्थित थारु छात्रावासमा हुनेछ। २०७१ सालमा जिल्ला प्रशासन कार्यालय, कैलालीमा दर्ता २०२० भई स्थापना भएको हिरगर साहित्यिक बगालले विगतदेखि नै निरन्तर रूपमा थारु भाषा र मौलिक सांस्कृतिक पहिचानका पक्षमा विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै आइरहेको छ। यही क्रममा यस संस्थाले यो नयाँ कार्यक्रम पनि गर्न लागेको हो।
संस्थाका अध्यक्ष हिरालाल चौधरी सचिव सागर कुस्मी र कोषाध्यक्ष गंगाराम चौधरी सदस्य रामु कुस्मी अनि श्रीजना चौधरीको नेतृत्वमा कार्यक्रमको तयारी तिव्र गतिमा अगाडि बढिरहेको छ।
कार्यक्रममा थारु भाषामा कविता वाचन, कथा, मुक्तक, लोकगीत, परम्परागत नाचगान लगायत विविध साहित्यिक प्रस्तुतिहरू समावेश गरिनेछ। साथै थारु साहित्यको समकालीन अवस्था, चुनौती र सम्भावनाबारे विद्वान, लेखक, संस्कृतिकर्मी तथा युवा सर्जकहरूबीच विचार–विमर्श गरिनेछ।
संस्थाले उक्त कार्यक्रममा सबै साहित्यप्रेमी, भाषा–संस्कृतिका अध्येता, पत्रकार, लेखक, विद्यार्थी तथा समुदायका प्रतिनिधिहरूलाई उपस्थित भई थारु पहिचानको सशक्त प्रवर्द्धनमा साथ दिन हार्दिक आमन्त्रण गरेको छ।
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०