हे प्रिय तिमी त उडी चली गयौ – पुग्यौं कहा के गरी
संदेश दिनु मलाई त्यो नगरी को – बस्छौ कहा के गरी
खान्छौ कि त्यहाँ के गरी हजुर – आफ्नो बिरानो छ कि
खानै पुग्दैन भने भन्नु म कन ता – दिउँला पठाई पछि
हे प्रिय तिमी कता पुगी सक्यौ – छाडेर हामी सब
जाँदा जान्छु पनि भनेनौ तिमीले – बिचल्लीमा छु अब
सम्झन्छु दिनरातको झल्झालीहरु – बिर्सु म कसो गरी
तिम्रा पाउहरु देख्छु म सहजै – जान्छन् अगाडी सरी
कहा जाउँ म कसो गरी बसु – हे प्रिय तिमी भन्
म ताँ देख्छु सधैं जिस्कीरहेको- कहा म जाउँ भन्
भन्थे म तिमीलाई दिनभरिका – आकुल व्याकुल कथा
त्यसैमा नतमस्तक भै दिने तिमी – सम्झी पुराना कथा
हे प्रिय भन् लौ के गरु म त – आफै वियोगी भए
दिनै काट्न पनि मुस्किल भयो – जो थे पराया भए
तिम्रा आसन् का वस्त्र जति थिए – अंगालो मारीकान
च्याप्दै जान्छु तहाँ भाग्छ निदरी – आँसु खसाली कन
प्रीति हजुरको मन्दिरहरूमा – जहाँ पूजा गर्दथ्यौं
आउँछ आँसु सदा भर्भर गरी – सम्झी जहाँ बस्दाथौं
मेरो हाल छ बेहाल अहिले – कसलाई भ नु के भनौं
सुनी दिन्न कोही कुरा म संग त – बिचल्लीमा के गरौं
छोडी गयौ तिमी सुटुक्कै कसरी – एक्लै भगेरी म त
तिम्रै यादहरुलाई समर्पण गरे _ अझै नी खोज्दै छु मत
स्वर्गिय पतिको सम्झनामा
नारायणी पाण्डेय पनेरु
तारानगर धनगढी ५, कैलाली
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०